नदीमा बगेका काठ र बालुवाको व्यवस्थापन गरौँ : मनिष झा
annapurnapost.com · Wed Sep 30 08:45:37 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी-पहिरोका क्रममा नदीहरूमा जंगलबाट बगेर आएका काठ तथा बालुवाको उचित व्यवस्थापन हुन नसकेको भन्दै आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले बाढीको समयमा बगेर आएका काठ र बालुवा समयमै व्यवस्थापन नगर्दा नजिकका खेत तथा बस्तीहरू थप जोखिममा पर्ने गरेको बताए। विशेषगरी यो समस्या मधेश प्रदेशका बस्तीहरूमा बढी देखिने गरेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)