मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वडामै पुगेर नागरिकता वितरण

gorkhapatraonline.com · Wed Sep 30 08:16:46 GMT 2026

राप्ती नगरपालिका–१३, कालीटार र वडा नं.–१२, यौरालीटारको वडा कार्यालय परिसबाटै नागरिकता वितरण गरिएपछि स्थानीयवासी खुसी भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, चितवनले विकट क्षेत्र मानिएको सो क्षेत्रबाट नागरिकता वितरण गरेपछि स्थानीय भने दङ्ग परेका छन् । प्रशासनको टोलीले नागरिकता वितरण गरेसँगै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरणसमेत सङ्कलन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)