मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० वर्षपछि मधेसकेन्द्रित दल एकैपटक सरकारमा, रणनीति कि बाध्यता ?

nayapatrikadaily.com · Wed Mar 22 00:20:00 GMT 2023

गज्जबको संयोग बनेको छ– १० वर्षपछि मधेसकेन्द्रित दल एकैपटक एउटै सरकारमा सहभागी हुँदै छन् । ०६८/६९ मा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा एकैपटक सहभागी उनीहरू अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जोडिने तयारीमा छन् । मधेसकेन्द्रित सबै दलले सोमबार संसद्मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन् ।

उपराष्ट्रपति मुद्दामा उनीहरूबीच मतभेद भए पनि सरकारमा सहभागी हुने विषयमा भने एकरूपता छ । ०७२ को संविधानपछि पटक–पटक विभाजित भएका दल एक दशकपछि एकै ठाउँमा उभिनुलाई ती दलका नेताले महत्वपूर्ण राजनीतिक घटनाक्रम मानेका छन् । यद्यपि, यसमा परिवर्तनको रक्षा गर्ने एजेन्डागत रणनीति र खुम्चिँदो शक्तिको बाध्यता पनि जोडिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)