आर्सनललाई हराएर सिटी शीर्षमा
ekantipur.com · Thu Feb 16 00:57:17 GMT 2023
काठमाडौँ — म्यानचेस्टर सिटी आर्सनललाई उछिदै नोभेम्बरयता पहिलो पल्ट इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । सिटीले बुधबारको खेलमा यसअघि पहिलो स्थानमा रहेको आफ्नो प्रतिद्वन्द्वी आर्सनललाई ३–१ ले हरायो ।
लिगको यस सिजनको सबैभन्दा ठूलो र महत्त्वको खेलमा सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । केभिन डे ब्रुएनाले सिटीका लागि पहिलो गोल गरेयता आर्सनलका तर्फबाट बुकायो साकाले बराबरी गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)