स्लोभाकियाको आर्थिक वृद्धि बढ्ने, मुद्रास्फीति घट्ने अनुमान
gorkhapatraonline.com · Wed Sep 30 08:59:54 GMT 2026

स्लोभाकियाको अर्थतन्त्र सन् २०२६ मा ०.८ प्रतिशत र सन् २०२७ मा १.८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । स्लोभाकियाको अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रक्षेपणमा यस्तो अनुमान गरिएको हो ।
अन्तर्राष्ट्रिय व्यापारमा देखिएको तनाव, ऊर्जा संकट, अमेरिकी कर तथा युरोपेली संघमा घट्दो प्रतिस्पर्धात्मकता जस्ता चुनौतीका बाबजुद अर्थतन्त्रमा सामान्य सुधार आउने मन्त्रालयले जनाएको छ । घरायसी उपभोग र निर्यातमा सुधारले आर्थिक वृद्धिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)