पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन : राजीव खत्री
nepalpress.com · Wed Sep 30 08:59:38 GMT 2026

काठमाडौं । रास्वपा सांसद राजीव खत्रीले प्रेस काउन्सिलका अध्यक्षलाई झ्यालबाट टिपेर फ्याँक्ने भन्दै पत्रकार महासङ्घका नेताहरूले धम्की दिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो धम्की दिने पत्रकार हुन् कि गुण्डा ? भन्दै प्रश्न गरे।
उनले भने, ‘पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन। श्रमजीवी पत्रकारले तलब नपाउँदा चुइँक्क नबोल्ने तर सञ्चार गृहका मालिकले विज्ञापन कम पाए भनेर धम्कीपूर्ण भाषा बोल्ने पत्रकारका नेता होइनन्, दुस्मन हुन्। सरकारले यस्ता विज्ञापन घटाउने मात्र होइन, हटाउने हो। पत्रकारिता जिम्मेवार पेसा मात्रै होइन, व्यवसाय पनि हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)