सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, माग्यो नायव प्रमुख कार्यकारी अधिकृत
arthasansar.com · Wed Sep 30 08:55:55 GMT 2026

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । संस्थाले खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
संस्थाका अनुसार उक्त पदका लागि स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरी लघुवित्त वा बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । त्यस्तै, स्नातक तह वा सोसरह उत्तीर्ण गरेका उम्मेदवारको हकमा व्यवस्थापकीय तहमा कम्तीमा सात वर्षको कार्य अनुभव आवश्यक पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)