बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग
hamrakura.com · Wed Sep 30 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले हालैको भीषण बाढीपहिरोले बागलुङ र म्याग्दी जिल्लामा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रहरूलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गरेकी छिन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा मात्रै १३ जनाको ज्यान गएको र भौतिक संरचना ध्वस्त हुँदा हजारौँ नागरिक आधारभूत सेवाबाट वञ्चित हुनुपरेको जानकारी गराएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)