मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फाइनल पुगेको कतारसामु उपाधि रक्षाको अवसर

ekantipur.com · Thu Feb 08 00:54:44 GMT 2024

दोहा — आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारले इरानलाई रोमाञ्चक खेलमा ३–२ ले पराजित गर्दै एसियन कप २०२३ को फाइनल पुगेको छ । अलमोज अलिले ८२ औं मिनेटमा कतारका लागि निर्णायक गोल गरे । यससँगै कतारसामु आफ्नै भूमिमा भएको सन् २०२२ को विश्वकपको खराव प्रदर्शन बिर्सने अवसर मिलेको छ ।

एक वर्ष अगाडिको विश्वकपमा कतार लिग चरणका आफ्ना सबै तीनै खेलमा पराजित रहेको थियो र यो आयोजकका रूपमा अहिलेसम्मकै सबैभन्दा खराव प्रदर्शन हो । तर त्यसलाई इतिहास बनाउँदै कतारले अल थुमामा स्टेडियममा ४० हजार समर्थक अगाडि सनसनीपूर्ण जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)