पोर्चुगलका मुख्य प्रशिक्षक बर्खास्त
farakdhar.com · Fri Dec 16 01:09:38 GMT 2022
पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तमा परेका छन् । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग टिम पराजित भएपछि पोर्चुगल फुटबल महासंघले उनलाई बर्खास्त गरेको हो ।
विश्वकपको नकआउट र क्वाटरफाइनलमा खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो । स्विट्जरल्याण्डविरुद्ध पोर्चुगल ६–१ ले विजयी भए पनि मोरक्कोसँग भने १–० ले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)