मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज दही–चिउरा खाने दिन, तपाईंले खानुभयो ?

arthadabali.com · Mon Jun 29 01:56:43 GMT 2026

काठमाडौं / आज देशभर दही–चिउरा खाई असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ। खेतीपातीको मुख्य सिजनको सुरुआत मानिने यस दिन किसान खेतमा रोपाइँ गर्दै हिलो खेल्ने, असारे गीत गाउने र दही–चिउरा खाने परम्परा रहेको छ। असार १५ लाई नेपाली कृषि संस्कृति र किसानको श्रमसँग जोडिएको विशेष पर्वका रूपमा मनाइन्छ।

नेपाली समाजमा दहीलाई शुभ, पवित्र र समृद्धिको प्रतीक मानिन्छ। नयाँ कामको थालनी, परीक्षा, यात्रा वा अन्य शुभ अवसरमा दही खाने चलन पुरानै हो। असार १५ मा दही–चिउरा खाने परम्पराले कृषि, संस्कृति र स्वास्थ्यलाई एकैसाथ जोड्ने विश्वास गरिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)