मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

ratopati.com · Thu Jan 01 19:21:57 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । कामपाले ताजा तरकारी, अन्न र फलफूल उपलब्ध गराउन कामपाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए ।

उपभोक्तालाई स्थानीय उत्पादन चिन्न र चिनाउनका लागि स्थानीय तथा रैथाने उत्पादनले सहयोग गर्ने भएकाले त्यस्ता उत्पादनलाई बजारीकरण गर्ने तयारी कामपाको रहेको वडाध्यक्ष तीवारीको भनाइ छ । “उत्पादन गरिएका वस्तुको बजारीकरण र प्रवर्द्धनका लागि वस्तु पहिचान गर्नु नै मुख्य कुरा हो”, वडाध्यक्ष तिवारीले भने, “हामी महानगरका अन्य वडामा पनि यस्ता स्थानीय सामग्रीको बजारीकरण विस्तार गर्ने योजनामा छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)