जुम्लाका स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा
ratopati.com · Thu May 14 20:40:33 GMT 2026

जुम्ला । जुम्लाका ८ वटा स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।
बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठी चौर गाउँपालिकाले एक कार्यक्रमका बिच एकसाथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । चन्दननाथभित्रका २२४ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)