मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हान सियोङ–सुक दक्षिण कोरियाको नयाँ प्रधानमन्त्री नियुक्त

kathmandupati.com · Sun Jun 07 16:13:08 GMT 2026

काठमाण्डु- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सियोङ–सुकलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

आइतबार राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार प्रविधि क्षेत्र र डिजिटल आविस्कारमा अनुभवी व्यक्तिका रूपमा परिचित हानलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

दक्षिण कोरियाली विशाल इन्टरनेट कम्पनी नाभेरका पूर्व कार्यकारी प्रमुख हानले लीको प्रशासनको सुरुवातदेखि नै मन्त्रीको रूपमा जिम्मेवारी सम्हाली रहेकी थिइन् ।

यदि संसदले अनुमोदन गरेमा सन् २००६ देखि २००७ सम्म सेवा गरेका पूर्व प्रधानमन्त्री हान म्योङ–सुकपछि करिब दुई दशकपछि उनी दक्षिण कोरियाको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)