नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि
ajakoartha.com · Wed Sep 30 09:58:00 GMT 2026

काठमाडौं- नेपाल डेरी एसोसिएसनले आयोजना गरेको राष्ट्रिय खिर दिवस प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान रामप्रसाद घिमिरेलाई प्रमुख अतिथि बनाइएको छ। किसानलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गरिएको भन्दै एसोसिएसनले किसानप्रतिको सम्मानको सन्देश दिएको जनाएको छ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव जगन्नाथ तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, साना तथा घरेलु उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरे, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधि नारायण देसारलगायत विभिन्न निकायका प्रतिनिधि तथा डेरी क्षेत्रका पदाधिकारीहरूको उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)