विकास बजेटमा असारे भेल : जेठसम्म दैनिक ४३ करोड खर्च, असार लागेपछि १ अर्ब ३९ करोड
nayapatrikadaily.com · Mon Jun 21 21:41:00 GMT 2021
१४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेको सरकारले विकासतर्फ (पुँजीगत खर्च) ३ खर्ब ५२ अर्ब मात्र विनियोजन गरेको थियो । तर, सरकारले असार पहिलो सातासम्म विकासमा १ खर्ब ५० अर्ब अर्थात् लक्ष्यको ४२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । जब कि साधारणतर्फ नौ खर्ब ४८ अर्ब विनियोजन भएकोमा सात खर्ब ११ खर्ब अर्थात् ७५ प्रतिशत खर्च भइसकेको छ ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सरकारले असारे विकासलाई तीव्रता दिएको छ । वैशाख महिनासम्म खर्चै गर्न नसक्ने र जेठ लागेपछि विकासका काम सुरु गरेर असारमा तीव्रता दिने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको छ । असार महिना लागेपछि सरकारको दैनिक औसत विकास खर्च जेठ मसान्तअघिसम्मको भन्दा तीन गुणाले बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)