दुई वटा एजेन्डा लिएर पालिका पस्दै रास्वपा, केन्द्रीय समिति बैठक बोलाउने तयारी
ratopati.com · Wed Sep 30 10:07:58 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर राखेर स्थानीय तह केन्द्रित अभियान सुरु गर्ने भएको छ ।
आगामी वैशाख २० गतेदेखि संघीय सांसद र केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित अभियानमा जोड्न लागेको हो । पालिकामा खटिने नेताहरूको कार्यविभाजन, स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रुपरेखालगायत विषयमा निर्णय लिन रास्वपाले असोज १७ गते केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शनिबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाउने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)