आइसियुमा २६ दिनदेखि बेवारिसे बिरामीको उपचार, परिवारजन सम्पर्कविहीन
ratopati.com · Wed Sep 30 10:36:14 GMT 2026

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा २६ दिनदेखि एक जना बिरामी बेवारिसे अवस्थामा उपचाररत छन् । कोहलपुर घर भएका ४१ वर्षीय प्रकाश चौधरीलाई परिवारजन तथा आफन्तको सम्पर्कबिनै प्रतिष्ठानले निरन्तर उपचार सेवा दिइरहेको छ।
चौधरी विगत २६ दिनदेखि आइसियुमा उपचाररत रहेको प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा.सुरेश रसाइलीले जानकारी दिए । उनका अनुसार चौधरीको उपचारका क्रममा हालसम्म अस्पतालतर्फ बेड चार्जसहित इन्भेष्टिगेसनमा ५१ हजार ७ सय ५० रुपैयाँ र औषधितर्फ १ लाख ५५ हजार २ सय ४६ रुपैयाँ खर्च भएको छ। यसरी चौधरीको उपचारमा हालसम्म कुल २ लाख ६ हजार ९ सय ९६ रुपैयाँ खर्च भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)