धर्म, धर्मनिरपेक्षता र राजनीति— १
karobardaily.com · Mon Jul 26 01:03:00 GMT 2021
लेखको सीमिततामा सामान्य धर्म र राजनीतिबारे केही जोडिएका विषयहरू ल्याउन लेखिएको लेख हो । संसारमा रहेका धर्म र राजनीति गहिरिएर बुझ्न अझै गहिरो र व्यापक अध्ययनको आवश्यकता पर्छ । राजनीति, राजनीति गर्ने व्यक्ति अनि उसको राजनीतिक क्रियाकलापहरूमा धार्मिक भावनाहरू जोडिएको हुन्छ, चाहे त्यो हिन्दू होस्, क्रिस्चियन, इस्लाम वा अन्य धर्म मान्ने होस् । कुनै पनि व्यक्ति; संस्कार, संस्कृति, नीतिकता, रीतिथिति, रिवाज, भाषा आदि भएको आफ्नो समाजबाट भाग्न सक्दैन । हामी राजनीतिक विषयहरू जस्तै :संविधान, ऐन, नियम र निर्देशिकालाई वैधानिकीकरणको प्रक्रियाका रूपमा बुझ्छौं । यी विषयहरूको आधारभूत आधारको तहगत वर्गीकरणमै धर्म जोडिएर लेखिएको हुन्छ । यहाँ यही वैधानिकीकरणमा ‘राज्यशक्ति र राजनीति’ जोडिएर आउँछ । शासक, शासकीय व्यवस्था÷पद्धतिभित्र न्याय, कानुन आदि रहने हुँदा सोझै धर्म र राजनीति जोडिन्छ । धर्म र राजनीतिलाई गहिरिएर हेर्दा विभिन्न मुलुकहरूमा, आन्तरिक होस् वा बाह्य वा घरेलु राजनीति, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा नीति, उम्मेदवार, नामाङ्कन, गुट, उपगुटको प्लेटफर्ममा चर (भेरियबल) को रूपमा मान्यता दिएको देखिन्छ । जस्तै : अमेरिकामा क्रिस्चियन राइट, अफगानिस्तानमा तालिबान र यस्तै अल कायदा, भ्याटिकनजस्ता अन्तर्राष्ट्रिय धार्मिक कलाकारहरूले विश्वभरिका राष्ट्रहरूको राजनीति र नीतिमा महŒवपूर्ण प्रभाव पारेका छन् । धर्मनिरपेक्ष कुलीन यहुदीहरू र बेलायती रोमान्टिक वादबाट दबिएका युरोपेली यहुदी समुदायहरूले आफ्नै बुद्धिबाट सुरु गरेको ‘हस्कालाह’ आन्दोलनबाट विकसित हुँदै आएको देखिन्छ । ‘हस्कालाह’ एक यहुदीहरूको धर्मनिरपेक्षताको शक्ति थियो, जसको नेतृत्व सन् १७२९–१७८६ मा मोसा मोन्डेलसोहनले गरेका थिए । यहाँ उनीहरूले धार्मिक र जातीय पहिचानमा सम्झौता नगरी आर्थिक र सांस्कृतिक रूपमा समाहित हुने उपायहरू खोजे (सिला ए स्पेक्टर, २००५) ।
के हो धर्मनिरपेक्षता ?
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)