ईश्वर मन्दिर संस्थाद्वारा भरतपुर अस्पताललाई रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण
farakdhar.com · Fri Jun 24 01:11:55 GMT 2022
चितवनस्थित भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेको छ । विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो ।
उपकरण हस्तान्तरण कार्यक्रममा पूर्वअर्थमन्त्री तथा ईश्वर मन्दिरका संरक्षक शंकरप्रसाद कोइरालाले स्वास्थ्य सेवाको हबका रूपमा रहेको भरतपुर अस्पताललाई उपकरण दिन पाउँदा खुसी लागेको र यसले विपन्न वर्गको स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारी विद्यालयमा ई–लर्निङ अभियान सुरु गरेको संस्थाले अब शिक्षा र स्वास्थ्यलाई एकसाथ अघि बढाउने पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)