प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह
ratopati.com · Tue Dec 23 19:13:37 GMT 2025

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घ सुर्खेतले चासो देखाएको छ । दैनिक अव्यवस्थित तथा प्रदेश राजधानीको सौन्दर्यमा नै असर पर्ने गरेर भइरहेको गतिविधिका विषयमा चासो दिँदै वाणिज्य सङ्घ सुर्खेतले सरोकारवालासँग छलफलसमेत गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकाल, जिल्ला प्रशासन कार्यालय सुर्खेत तथा मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर प्रदेश राजधानीलाई व्यवस्थित बनाउन आग्रह गरेको सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले जानकारी दिए । नगरपालिकाले बनाएको कार्यविधिअनुसार नै अगाडि बढ्ने कुरामा छलफल भएकोसमेत उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)