भोलिदेखि एमसिसी कार्यान्वयनको तयारी, उपाध्यक्ष एलफोर्ड नेपाल भ्रमणमा
farakdhar.com · Tue Aug 29 17:03:34 GMT 2023
संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुगेका छन् । नेपालसँगको एमसिसी सम्झौताको सुरुआतको अवसर पारेर एमसिसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड आज नेपाल भ्रमणमा आएका हुन् ।
नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसिसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको अमेरिकी दूतावासले जनाएको छ । नेपालमा एमसिसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपालका सरकार र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)