मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधुरै रहेका ती घोषणा

rajdhanidaily.com · Sun Jun 20 23:16:23 GMT 2021

संविधानसभाबाट निर्मित संविधानपश्चात् भएको पहिलो आम निर्वाचनबाट गठित प्रतिनिधि सभाले आफ्नो पूरा कार्यकाल व्यतीत गर्न पाएन । कारण जेसुकै होस्, बहुदलीय व्यवस्था प्राप्तिपछि बनेको पहिलोप्रतिनिधि सभाले पनि असमायिक मृत्युवरण गर्न पुगेकै हो । त्यहीँ प्रवृत्तिलाई पछाउँदै कालखण्डमा मनमोहन अधिकारी, सूर्यबहादुर थापा, शेरबहादुर देउवा, बाबुराम भट्टराई मात्र होइनन् झन्डै दुइ तिहाइ नजिकको बहुमत प्राप्त गरी बनेको वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेतले विगतकै पदचाप पछाउँदै प्रतिनिधि सभालाई असमयमा नै भंग गर्नपुगेको विगत र वर्तमान दुवै हाम्रासामु छ । सरकार आगामी कात्तिकमा ताजा जनादेशका लागि निर्वाचन गर्ने तयारीमा छ । सर्वोच्चले सरकारको निर्णयलाई अन्यथा आदेश नदिएको खण्डमा मुलुक निर्वाचनको अध्यायमा जाने यकिन भइसकेको लगभग पक्का छ ।

तीन वर्षअघि सम्पन्न पहिलो आमचुनावमा सबै राजनीतिक दल संविधानसभाबाट संविधान जारी गरी आमनिर्वाचनमा जान पाएकोमा फुलेल थिए । यहाँसम्म कि संविधानप्रति बिमति राखेको राजपा र राजतन्त्र र हिन्दुराज्यको एजेन्डा परित्याग गरि नसकेको राप्रपासमेत उत्साहपूर्ण रूपमा चुनावी मैदानमा प्रतिस्पर्धामा थिए । चुनावमा भएको बामतालमेल र चुनावपछि एमाले र माओवादीबीचको एकताले नेपालप्रति चासो राख्ने मुलुकको ध्यान तानेको थियो । प्रतिपक्षी वामको यो एकतालाई सकारात्मक रूपमा लिएका थिए । राजनीतिक स्थिरता र खिचडी सरकारबाट उन्मुक्ति त्यतिबेला सबैको खुसीको विषय थियो । यो एकता र मेलमिलापबीच वामसरकार आशालाग्दो रूपमा उदाएको थियो । जनताले वामलाई सरकार बनाउन र नेकालाई प्रतिपक्षीमा बस्न दिएको जनादेश सबैले पालना गरेका थिए । इतिहासमा नै पहिलोपटक दुुई तिहाइनजिकको बलियो सरकार र भलादमी प्रतिपक्षीको एकैसाथ मिलन नेपालको संसद्को सुन्दर पक्ष थियो । तर, सेक्सपियरको दुखान्त नाटकमाझैं यो एकतामा प्वाल पार्न धमिरा प्रवेश गरे । दिन बित्दै जाँदा कहिले स्थायी कमिटी, कहिले महाधिवेशन समिति त कहिले केन्दीय समितिका नामबाट विरोध, बेमेलका स्वर आए । अन्ततः ती स्वर विस्फोटमा परिणत भए । एक भएको पार्टी आफ्नै कारणले पहिलाको अवस्थामा पुग्यो । अदालत त निहुँ मात्र थियो । आफ्नै अनिच्छाले एकीकृत पार्टी पुनर्मुसीको भवः भयो । पार्टी एकता गर्दाका वाचा त परै जाउन् चुनावी वाचासमेत पूरा भएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)