नौ महिनादेखि रोकिएको मजदुरको तलब उपलब्ध गराउन सांसद पन्तको माग
annapurnapost.com · Wed Sep 30 11:03:09 GMT 2026

वीरगन्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगन्ज–३२ मा अवस्थित हिमाल आइरन एण्ड स्पिटल उद्योगका मजदुरहरुले ९ महिनादेखि तलबभत्ता नपाएको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उक्त उद्योगले ९ महिनादेखि तलबभत्ता नदिएकोले त्यहाँ कार्यरत १५० बढी मजदुरहरु समस्यामा परेको बताए। अहिले दशैं तिहार लगायतका मुख्य चाडपर्व नजिकिदैं गरेका बेला महिनौदेखि तलबभत्ताबाट बञ्चित मजदुर र तीनका आश्रीत परिवार पीडामा परेको पन्तले बताए। ती मजदुहरुले उद्योगबाट पाउनु पर्ने तलब यथाशीघ्र उपलब्ध गराई दिनका लागि सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)