रारा चाउचाउ गुणस्तरहीन, तत्कालका लागि बिक्री नगर्न सरकारको निर्देशन
arthasansar.com · Wed Sep 30 11:15:21 GMT 2026

नेपाली बजारमा बिक्री वितरण भइरहेको रारा ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै उक्त चाउचाउ उत्पादन गर्ने कम्पनीलाई बजारमा पठाइएका उत्पादन फिर्ता ल्याउन र थप बिक्री वितरणमा पूर्ण रूपले रोक लगाउन निर्देशन दिएको छ । नियमित बजार अनुगमन र निरीक्षण क्रममा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ बमोजिम बजारबाट रारा चाउचाउको नमुना संकलन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)