मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित गर्दै प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

ratopati.com · Wed Sep 30 11:16:30 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । सभामुख डोलप्रसाद अर्यालले आजको कार्यसूचीमा रहेका प्रस्तावहरू पारित भएको घोषणा गर्दै बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले तीन वटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन् । मन्त्री गौतमले प्रस्तुत गरेका ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई सभाले समितिमा पठाउन स्वीकृति प्रदान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)