आईपीएल क्रिकेटमा कोलकाताले पञ्जाबलाई ५ विकेटले हरायो
Ujyaaloonline.com · Tue May 09 00:35:07 GMT 2023
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई ५ विकेटले हराएको छ ।
जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका नितिश राणाले सर्वाधिक ५१ रन बनाए । आन्द्रे रसेलले ४२ तथा जेसन रोयले ३८ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)