मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जडीबुटी कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द

nepalpress.com · Wed Sep 30 11:26:40 GMT 2026

काठमाडौं । सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी २० दिनदेखि आन्दोलित बनेका छन् । सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, चाडपर्व भत्ता दिनुपर्ने र श्रम अदालत भक्तपुरले गरेको फैसला कार्यान्वयनको माग गर्दै गत भदौ २४ गतेदेखि मासिक ज्यालादारीअन्तर्गत कार्यरत कर्मचारी आन्दोलित छन् ।

यसरी आन्दोलित हुनेमा अधिकांश उत्पादन शाखाका कर्मचारी रहेकाले असोज ५ गतेदेखि उत्पादन नै बन्द भएको छ । उनीहरूले भदौ २४ गतेदेखि कालोपट्टि बाँधेर काम गरेका थिए । तर, अन्य कर्मचारीसरह सुविधा दिन व्यवस्थापनले आनाकानी गरेपछि करिब ३० जना कर्मचारीले असोज ५ गतेदेखि नियमित धर्ना बसिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)