मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सल्यानमा स्क्रब टाइफस फैलिँदै, ४७२ संक्रमितपछि कारण खोज्न विज्ञ टोली आउँदै

kalakarmi.com · Wed Sep 30 11:36:05 GMT 2026

सल्यान- सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि रोगको अवस्था, जोखिम क्षेत्र र संक्रमण फैलनुको कारणबारे अध्ययन गर्न विज्ञ टोली आउने भएको छ । सुरुमा दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका सात स्थानीय तहमा फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले विभिन्न स्थानमा सञ्चालन गरेका स्वास्थ्य शिविर तथा जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट हालसम्म ४७२ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमण प्रकोपकै रूपमा फैलिन थालेपछि रोग नियन्त्रण महाशाखा, टेकुबाट विज्ञसहितको अनुसन्धान टोली सल्यान पठाउने तयारी गरिएको हो । सल्यानकी प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीका अनुसार जिल्लाका विभिन्न स्थानमा संक्रमणको अवस्था, जोखिम क्षेत्र तथा रोग फैलनुको कारण पहिचान गर्न थप अध्ययन आवश्यक देखिएको छ । ‘जिल्लाका विभिन्न स्थानमा संक्रमणको अवस्था, जोखिम क्षेत्र र रोग फैलनुको कारणबारे थप अध्ययन तथा विश्लेषण गर्न टोली परिचालन हुन लागेको छ,’ उनले भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)