खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत
barnanmedia.com · Thu Jul 17 22:36:00 GMT 2025

काठमाडौँ, २ साउन : खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले भर्खरै सकिएको आर्थिक वर्षको वित्तीय प्रगति आज सार्वजनिक गरेको छ । विभागले चालु आवमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विगतका वर्षको तुलनामा विभागले यसपटक उल्लेखनीय सुधार गरेको हो ।
स्पष्ट निर्देशन, नीतिगत मार्गदर्शन र विभागीय टोलीको समर्पित प्रयासले यो सफलता सम्भव भएको विभागले जनाएको छ । अघिल्लो आवमा विभागको वित्तीय प्रगति ६३ प्रतिशतमात्र रहेकामा गत आवमा विभागले कुल ९० दशमलब १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको विभागद्वारा बिहीबार सार्वजनिक गरिएको तत्थ्याङ्कमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)