भुटानी शरणार्थीका तीन सन्तानलाई अमेरिका जान एक्जिट परमिट दिन सर्वोच्चको परमादेश
ratopati.com · Wed Sep 30 11:48:13 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले झापाको बेलडाँगी शिविरमा जन्मिएका भुटानी शरणार्थीका तीन सन्तानलाई बाबुआमासँग पारिवारिक पुनर्मिलनका लागि अमेरिका जान आवश्यक पर्ने ‘निकास अनुमतिपत्र’ (एक्जिट परमिट) उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र शान्तिसिंह थापाको संयुक्त इजलासले प्रशासनिक निकायको अनिर्णय र आलटालका कारण शरणार्थीका सन्तानलाई परिवारसँग बस्न पाउने अधिकारबाट वञ्चित गर्न नमिल्ने ठहर गर्दै गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाका नाममा यस्तो आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)