मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

ratopati.com · Wed Sep 30 11:49:50 GMT 2026

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर पहिरो बग्न थालेको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारको न्युरोड पछाडिपट्टी रहेको पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेको छ । पछिल्लो तीन दिनयता पहिरोको चिराको आकार बढेको र बुधबार बिहान पनि पहिरो खसेको न्युरोडका बासिन्दा सन्तोष ढुङ्गानाले बताए ।

“असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि गलेको जमिन पछिल्लो तीन दिनयता चिरा परेर दबेको छ,” उनले भने, “आज बिहान खसेको पहिरो पाखोमा रहेका बाँसको झ्याङमा अड्किए पनि जोखिम टरेको छैन ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)