विश्व स्कुल दूध दिवस, २०८३ को अवसरमा कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक दूधपान कार्यक्रम सम्पन्न
ajakoartha.com · Wed Sep 30 11:51:00 GMT 2026

काठमाडौं- “Strong Bones, Strong Moves: Milk Matters for Sport and Growing Bodies!” भन्ने नाराका साथ विश्व स्कुल दूध दिवस–२०८३ को अवसरमा ललितपुर महानगरपालिका–११ स्थित श्री कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक दूधपान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल डेरी एसोसिएसन केन्द्रीय कार्यालय तथा नेपाल डेरी एसोसिएसन, बागमती प्रदेश कार्यसमितिको संयुक्त आयोजना एवं नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ र अप्टिमिस्ट क्लब डेरी इन्टरप्रेनर्सको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत २०० विद्यार्थीहरूलाई दूध सेवन गराउनुका साथै दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्व, नियमित उपभोगको आवश्यकता तथा दुग्ध क्षेत्रप्रति सकारात्मक धारणा विकास गर्ने विषयमा जानकारी गराइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)