करणले टुंग्याउने भए ‘कफी विथ करण’ को यात्रा, सलमान बन्ने भए अन्तिम सिजनको पहिलो अतिथि
kalakarmi.com · Wed Sep 30 11:56:09 GMT 2026

मुम्बई- बलिउडका लोकप्रिय निर्माता करण जोहरले आफ्नो लोकप्रिय सेलिब्रिटी च्याट शो ‘कफी विथ करण’ को अन्तिम सिजन घोषणा गरेका छन् । सन् २००४ मा सुरु भएको यो शोले करिब २२ वर्षदेखि दर्शकलाई मनोरञ्जन दिँदै आएको छ । अब यसको नवौं सिजन नै अन्तिम हुने भएको छ ।
करण जोहरले करिब दुई दशकअघि सुरु गरेको ‘कफी विथ करण’का हालसम्म आठ सिजन प्रसारण भइसकेका छन् । शोका १६१ एपिसोड प्रसारण भइसकेका छन् । यस अवधिमा बलिउड तथा भारतीय फिल्म उद्योगका थुप्रै चर्चित कलाकारहरू शोमा अतिथिका रूपमा सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)