कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका भण्डारी सक्रिय राजनीतिबाट अलग
ratopati.com · Wed Sep 30 12:10:41 GMT 2026

चरिकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाबाट गगन थापा पक्षधर भएर खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका गोकर्ण भण्डारीले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका हुन्। बुधबार भण्डारीले आगामी दिनमा आफू सक्रिय दलगत राजनीतिमा नरहने बताएका हुन् ।
अधिवेशनका क्रममा केही नेताहरूले विभिन्न व्यक्तिको नाम जबर्जस्त रूपमा अघि सार्दै अधिवेशन सम्पन्न गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै अब सक्रिय राजनीतिमा नलाग्ने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)