७ जना फरार प्रतिवादी पक्राउ
ratopati.com · Thu Jul 30 17:58:16 GMT 2026

गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । चेक अनादरमा ६ र बैङ्किङ कसुरमा एक जनालाई नियन्त्रणमा लिई कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीबाट तीन दिन कैद सजाय र रु एक लाख आठ हजार ६०० जरिवाना रकम असुलउपर हुने उनको भनाइ छ । कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)