मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

ratopati.com · Wed Aug 20 21:24:00 GMT 2025

धुलिखेल । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा खुसी छिन् । यसअघि रसिदको भरमा जग्गा भोग चलन गर्दै आएको अवस्थामा ५० वर्षपछि बल्ल जग्गाधनी प्रमाण पुर्जा पाउँदा धेरै खुसी लागेको उनले सुनाइन् ।

पहिलोपटक जग्गाधनी प्रमाण पुर्जा हात पर्दा वडा नं ८ का ८० वर्षीय कुलबहादुर श्रेष्ठको मुहारमा पनि हर्ष छाएको छ । विसं २०३२ मा भएको नापीका क्रममा तत्कालीन दुई गाउँपञ्चायतबीच सिमाना विवादका कारण नापजाँच रोकिएपछि उनी पुर्जा पाउनबाट वञ्चित भएका थिए। त्यसको ५० वर्षपछि आफूलगायतले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेको श्रेष्ठले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)