स्पेन र फ्रान्सको औषत प्रदर्शन
ekagaj.com · Sat Jun 19 23:57:57 GMT 2021
काठमाडौँ : यसपटकको युरो च्याम्पियनशिप फुटबलमा बलिया टिम फ्रान्स र स्पेनले बराबरी नतिजा निकाल्ने प्रदर्शन गरेका छन् । शनिबार राती भएका खेलमा फ्रान्सले हंगेरीसँग एक एक गोलको बराबरी खेल्दा स्पेनले टर्कीसँग पनि बराबरी खेलेको हो ।
नतिजा एक-एक नै रह्यो । तुलनात्मक रुपमा कमजोर टिम मानिएको हंगेरीमाथि फ्रान्सले सहजै जित निकाल्ने अनुमान थियो । तर सम्भव भएन । पहिले गोल खाएपछि दबाबमा परेको फ्रान्सका लागि एमबाप्पेको उत्कृष्ट पासमा एन्टोइनी ग्रिजमेनले बराबरी गोल फर्काए । जुन बराबरी गोलले फ्रान्सलाई समूह एफको शीर्ष स्थानमा राख्यो । जर्मनी र पोर्चुगल पनि यो समूहमा छन् । जसकारण अन्तिम खेल अब प्रतिष्पर्धात्मक हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)