अनेरास्ववियुले पोखरामा जलायो न्यायाधीशको पुत्ला
shilapatra.com · Fri Jan 05 16:11:00 GMT 2024
गत वर्ष ४ मंसिरको चुनावका दिन हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बाजुराका चेतन ऐडीको हत्यामा संलग्न रहेको आरोपीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएपछि नेकपा एमालेनिकट अनेरास्ववियु आन्दोलित बनेको छ ।
जिल्ला अदालत बाजुरा र उच्च अदालत दिपायलको फैसला उल्टाएर सर्वोच्च अदालतले हत्या आरोपितलाई छोडेपछि अनेरास्ववियु पोखरा विश्वविद्यालय केन्द्रीय कमिटीले विश्वविद्यालय प्राङ्गणमा शुक्रबार साँझ सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको पुत्ला दहन गरेको हो । उनीहरूले न्यायाधीश राउतविरुद्ध नाराबाजी पनि गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)