मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जडीबुटी कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलनमा, उत्पादन बन्द

kendrabindu.com · Wed Sep 30 12:34:08 GMT 2026

काठमाडौं । सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी २० दिनदेखि आन्दोलनमा छन्। सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, चाडपर्व भत्ता उपलब्ध गराउनुपर्ने तथा श्रम अदालत भक्तपुरले गरेको फैसला कार्यान्वयन गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा बसेका हुन्।

आन्दोलनमा सहभागी अधिकांश कर्मचारी उत्पादन शाखामा कार्यरत रहेकाले असोज ५ गतेदेखि कम्पनीको उत्पादनसमेत बन्द भएको छ। कर्मचारीले भदौ २४ गतेदेखि कालोपट्टी बाँधेर काम गर्दै आएका थिए। तर, अन्य कर्मचारीसरह सेवासुविधा उपलब्ध गराउन व्यवस्थापनले आनाकानी गरेको भन्दै करिब ३० जना कर्मचारी असोज ५ गतेदेखि नियमित धर्नामा बसेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)