मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ सत्ता समीकरण : परकम्प प्रदेशसम्म

ekantipur.com · Tue Mar 05 00:38:21 GMT 2024

काठमाडौँ — संघीय सरकार बनाउन एक वर्षअघि बनेको गठबन्धन भत्किएसँगै परकम्प प्रदेश प्रदेशमा पुग्ने भएको छ । मूलतः संसद्को ठूलो दल केन्द्रीय गठबन्धनबाट बाहिरिएपछि सबैजसो प्रदेशमा नयाँ सरकार गठनको कसरत हुने भएको छ, यद्यपि कतिपय प्रदेशमा यो प्रक्रिया जटिल छ ।

कोशीमा नयाँ गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । प्रदेशसभामा ९३ मध्ये एमाले ४०, माओवादी १३ र जसपा एक सिट भएकाले नयाँ सरकार बनाउन कठिन छैन । कोशीमा कांग्रेसका २९, राप्रपाका ६ र एसका ४ सांसद छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)