मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

barnanmedia.com · Wed Aug 20 21:51:29 GMT 2025

कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ ।

उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थलको अध्ययन गरी घाइते कैदीबन्दी, कारागारको वस्तुस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, प्रशासकसँग कुराकानी ग¥यौँ, बन्दीगृहभित्र रहेको ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक प्रशासनबीच मतभेद सिर्जना भएको देखिन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)