मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँग्रेस महामन्त्रीका यी उम्मेदवार- सधैंका प्रतिस्पर्धी

lokpath.com · Sun Dec 12 02:15:40 GMT 2021

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतभन्दा रक्षामन्त्री मीनेन्द्र रिजाल दुई वर्ष जेठा छन्। नुवाकोटका महत र धरानका रिजाल लामो समय एउटै गुट मात्र होइन, पार्टी र राज्यका विभिन्न निकायमा बसेर काम गरेका छन्। २०३६ सालमा रिजाल नेपाल विद्यार्थी संघ (नेविसंघ) को उपाध्यक्ष बने भने महत केन्द्रीय सदस्य।

महत २०४४ सालमा नेविसंघको महामन्त्री बने भने २०७५ मा पार्टीका सहमहामन्त्री। विद्यार्थी राजनीतिदेखि पार्टीको यी दुईबीचको प्रतिस्पर्धा १४औं महाधिवेशनसम्म हुने भएको छ। रिजाल र महत दुवै नेता पार्टी महामन्त्रीमा उम्मेदवारी दिएका छन्।पार्टीको १२औं महाधिवेशनपछि ‘को सिनियर ?’ भन्ने हानथापले महिनांैसम्म निर्णय पुस्तिकामा यी दुई नेताले हस्ताक्षर नगरेको घटनासमेत रहेको छ। उक्त विवाद लामो समय चलेपछि कांग्रेसले पार्टीभित्र बेलाबेलामा देखिने वरीयताक्रमको छिनोफानो गर्न समिति नै बनाएको थियो। राष्ट्रिय योजना आयोगको सदस्यदेखि प्रधानमन्त्रीको सल्लाहकार हुँदै पार्टी र सरकारको जिम्मेवारीमा कहिले सँगै त कहिले आलोपालोमा पुग्दै आएका उनीहरू अहिले महामन्त्रीको प्रतिस्पर्धामा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)