बुटवल रारा मसला उद्योग बन्द नगराउन अदालतको अन्तरिम आदेश
nepalpress.com · Wed Sep 30 13:03:51 GMT 2026

रुपन्देही । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश मिलन कुमार राई र न्यायाधीश सानु मैया डंगोलको संयुक्त इजलासले यही असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उद्योग बन्द नगराउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)