सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित
kalakarmi.com · Wed Sep 30 13:05:57 GMT 2026

काठमाडौं- सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री Association of Insurers and Reinsurers of Developing Countries (AIRDC) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
जिम्बाब्वेको हरारेस्थित रेन्बो टावर्स होटलमा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न AIRDC को जेनेरल मेम्बरसीप मिटिङमा क्षेत्री उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी AIRDC को एक्ज्यूकेटिभ बोर्ड अफ ट्रस्टीजको सदस्यसमेत रहने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)