ओमानले २५० बढी आप्रवासीलाई नागरिकता दिने
rajdhanidaily.com · Sun May 19 23:25:58 UTC 2024

काठमाडौं । ओमानका राजा (सुल्तान) हैथम बिन तारिकले २ सय ५० भन्दा बढी आप्रवासीलाई ओमानी नागरिकता दिने शाही आदेश जारी गरेका छन् । सुल्तान हैथमले २ सय ५७ जनालाई नागरिकता दिने शाही आदेश नम्बर २६–२०२४ जारी गरेका हुन् ।
ओमानका नयाँ नागरिकहरू केही प्रतिबन्धको अधीनमा छन्, जसमा उनीहरूले आन्तरिक मन्त्रालयबाट विशेष अनुमतिप्राप्त नगरेसम्म नागरिकता प्राप्त गरेपछि प्रारम्भिक १० वर्ष देशबाहिर विस्तारित अवधि बिताउने सीमा समावेश गरिएका छन् । ओमानी नागरिकता लिने आवेदकहरूले आन्तरिक मन्त्रालयमा आवेदन दिन सकिने जनाएको छ । ओमानी नागरिकता लिने प्रवासीहरूले ६ सय ओमानी रियल शुल्कसहित आवेदन पेस गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)