लिभरपुल–लिड्स युनाइटेड गोलरहित बराबरीमा रोकिए
ratopati.com · Thu Jan 01 19:50:18 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार भएको खेलमा लिभरपुल र लिड्स युनाइटेडबिचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ । घरेलु मैदानमा खेलेको लिभरपुलले खेलभर दबाब सिर्जना गरे पनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भयो ।
यस नतिजासँगै लिभरपुल ३३ अंकसहित तालिकाको चौथो स्थानमै कायम रहेको छ । आजको खेल जित्दै तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा रहेको लिभरपुलले आफूभन्दा माथि रहेको एस्टन भिल्लासँगको अंक दूरी घटाउने अवसर गुमायो । हाल तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको ३९ अंक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)