तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
ratopati.com · Thu Jul 30 19:38:09 GMT 2026

दाङ । तुलसीपुरमा निर्मित राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन उद्घाटन भएको छ । अस्पताल भवनको भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैँडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बिहीबार संयुक्त रूपमा उद्घाटन गरे ।
कार्यक्रममा भारतीय राजदूतावासका काउन्सिलर ब्रैँडनले राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको उद्घाटनमा उपस्थित हुन पाउँदा आफू उत्साहित भएको धारणा राखे । यो उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाअन्तर्गत नेपाल–भारत विकास सहयोगमार्फत भारत सरकारको अनुदानमा निर्माण गरिएको जनाउँदै यसको कार्यान्वयन तुलसीपुर उपमहानगरपालिकाले गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)