मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘दहीचिउरे’ जसपा र नाउपाः सहज हुँदा विपक्षी, अप्ठ्यारोमा सत्तातिर

rajdhanidaily.com · Wed Aug 20 23:01:31 GMT 2025

काठमाडौं । तराई मधेश केन्द्रित राजनीति गर्दै आएका जनता समाजवादी पार्टी नेपाल (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले राष्ट्रिय राजनीतिमा सधैं ‘दहीचिउरे प्रवृत्ति’ देखाउँदै आएका छन् । अधिकांश समय यी दुई दल सहज पर्दा विपक्षी बन्ने र असहज अवस्थामा सत्ता पक्षको कित्तामा उभिने गरेका छन् ।

जसपा र नाउपाले कहिले सरकारलाई समर्थन गर्छन् त कहिले फिर्ता लिएर विपक्षी कित्तामा उभिन्छन् । सहज पर्दा विपक्षी कित्तामा उभिने गरेको नाउपा पार्टीभित्र आन्तरिक लफडा र नेतृ रञ्जिता श्रेष्ठ भ्रष्टाचार प्रकरणमा मुछिएलगत्तै बुधबार सत्ता पक्षको कुर्सी खोज्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई हारगुहार गर्न पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)