किन खस्किए सरकारी शिक्षालय ?
rajdhanidaily.com · Wed Dec 20 23:27:13 GMT 2023
अहिले नागरिकको सबैको गुनासो छ, सरकारी विद्यालयमा शिक्षण सिकाइ गुणस्तरीय छैन । निजी विद्यालय महँगा छन् । सर्वसाधारणको पहँुचमा छैनन् । राज्यले एउटै देशभित्र दुई किसिमका शिक्षित जनशक्ति उत्पादन गरेको छ । निजी लगानीमा सञ्चालित विद्यालय सरकारीभन्दा अलि गुणस्तरीय हुनुको पछाडि शिक्षक छनोट, शैक्षिक व्यवस्थापन, आन्तरिक मूल्यांकन, प्रणाली, नियमन, नियन्त्रण तथा शैक्षिक वातावरण विद्यालय प्रशासनले नै गर्दछ । अर्थात् विद्यालय प्रशासनको प्रत्यक्ष निगरानीमा शैक्षिक पठनपाठन हुने गर्दछ । तर, सरकारी विद्यालय अभिभावकविहीन जस्तो अवस्था छन् । राज्य र यसका संयन्त्रको प्रभावकारी काम हुन नसक्दा सरकारी शिक्षालयको अवस्था दयनीय भएको हो ।
त्यसो त प्रजातन्त्रको पुनस्र्थापना पछाडि सरकारले शिक्षा क्षेत्रमा केही पनि गरेन भन्ने सत्य होइन । प्रजातन्त्रको अवधिमा धेरै विद्यालय स्थापना भए । महाविद्यालय तथा विश्वविद्यालय पनि खोलिए । शिक्षा क्षेत्रमा सरकारको लागानी पनि ठुलो छ । यति हुँदाहुँदै पनि सरकारी शिक्षालयको अवस्था सन्तोषजनक नभएको सर्वत्र अनुभव छ । यो वास्तविकतालाई बुभ्mन राज्य र सम्बन्धित निकायले विलम्ब गर्नुहुँदैन । समस्याको पहिचान गरी समाधानको उपाय अवलम्बन गर्दा राज्यले पहिलो चरणमा निम्नलिखित क्षेत्रमा सुधारका कामहरू गर्न जरुरी देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)